संसदमा प्रेम सुवालको प्रश्न: ‘कर छुट गराउन अर्थ मन्त्रालय छिर्ने विदेशी कुन देशको हो?’

जेठ ३१, काठमाडौं ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गत जेठ १४ गते बजेटमा कर छुट गराउन अर्थमन्त्री जनार्दन शर्माको कार्यकक्षमा छिर्ने दुईमध्ये एक जना विदेशी नागरिक भएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले ती विदेशीको परिचय खुलाउन माग गरेका हुन् ।

‘जेठ १४ गते राती १२ बजे अर्थ मन्त्रालयमा प्रवेश गर्ने दुई जनामध्ये एक जनाको परिचय अझै खुलेको छैन । सीए भनिएको त्यो विदेशी नै हुनपर्छ भन्ने कुरा बाहिर आएको छ । तर कुन देशको नागरिक हो भन्ने बाहिर आएको छैन । विदेशी नागरिक अर्थ मन्त्रालयका कर छुट गराउन कसरी पुगे ? अर्थमन्त्रीजीले कसरी बाटो दिनु भयो ?,’ सुवालले प्रश्न गरे ।

सांसद सुवालले बैठकमा ती विदेशीलाई प्रवेश दिएर गठबन्धन दलहरुले कति कमिसन पाए त्यो समेत स्पष्ट पार्न अनुरोध गरे ।अर्थमन्त्रीले कुन-कुन उद्योगलाई कति कर छुट दिएको हो सो पनि सदनलाई जानकारी गराउनु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here