मोहन्याल गाउँपालिकाका अध्यक्ष स्वत: निलम्बित

जेठ २९, कैलाली ।

निलम्बित मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले कुनै अधिकार प्रयोग गर्न नपाउने भएका छन् ।

भ्रष्टाचार मुद्दा विशेष अदालतमा भएका बेला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वतः निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन जारी गरेको हाे ।

निलम्बित अध्यक्ष उपाध्यायलाई मतदान गराउने वा नगराउने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतले प्रमुख निर्वाचन आयुक्तलाई पत्राचार गरेका थिए । त्यसैको आधारमा मुख्य निर्वाचन अधिकृत जनानद पनेरुले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई पत्राचार गरेका हुन् ।

यससँगै उपाध्यायले भोलिको जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन नपाउने भएका छन् ।

आयोगको विज्ञप्तिः-

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here