बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेठ २५, काठमाडौं ।

नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। काठमाडौं उपत्यकाको फोहोर फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।

स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्। अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि दुई सेल अश्रु ग्यास प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here