एसियन कप छनोटमा जोर्डनसँग भिड्दै नेपाल

जेठ २५, काठमाडौं ।

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज (बुधबार) राति जोर्डनको सामना गर्दैछ । कुवेतको जाबिर अल अहमद मैदानमा नेपाल र जोर्डनबीचको खेल नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ ।

नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई बलियो प्रतिद्वन्द्वी जोर्डनविरुद्धको खेल चुनौतिपूर्ण हुनेछ ।

प्रि म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले जोर्डनविरुद्ध दबाब रहित खेल्ने बताएका छन् ।

किरणको अनुपस्थितिम्मा कप्तानीको जिम्मेवारी नवयुग श्रेष्ठलाई दिइएको छ । श्रेष्ठले आफ्नो उत्कृष्ट प्रदर्शन दिने र सबै कुरा प्रदर्शनमा निर्भर रहने बताएका छन् ।

कुवेत जानु अघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो । जहाँ नेपाली टोलीले ३ मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

छनोटको समूह ‘ए’ मा नेपाल, जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् । नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ भने उत्कृष्ट हुने दोस्रो टोलीले पनि एसियन कपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here