चार दिनदेखि हराएकी सात वर्षिया बालिका मृत अवस्थामा फेला

जेठ २४, सुर्खेत ।

चार दिनदेखि हराएकी गुर्भाकोट नगरपालिका– ५ सुर्खेत धारापानीका करिब सात वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् ।

गएको शनिबार उक्त नगरपालिका–५ मा आयोजना गरिएको कार्यक्रममा हजुर आमासँगै बालिका गएकोमा सोही दिनबाट हराएकी थिइन् । बालिका घर नआएपछि परिवारले सोमबार प्रहरीमा जानकारी दिएको थियो ।

खोजीको क्रममा उनकै घरदेखि १०० मिटर तल मितबेतिनी भन्ने स्थानमा आज बिहान बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

“घटनाबारे अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ”, प्रहरी नायब उपरीक्षक घर्तीले भने, “बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here