जेठ २३, काठमाडौं ।
सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हाे ।
बैठकमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भएपछि आगामी असार १ गतेदेखि लागू हुनेगरी आइतबार बिदा दिने निर्णय खारेज गरिएको हो ।
यसअघि मन्त्रिपरिषदको बैठकनिर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको थियाे ।
यसैबीच हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भैसकेकाे छ ।