टर्कीको नाम परिवर्तन

जेठ १९,काठमाडौं ।

संयुक्त राष्ट्र सङ्घले टर्की गणराज्यको नाम परिवर्तन गर्ने अनुरोध स्वीकार गरेको छ । संयुक्त राष्ट्रमा अब टर्कीको नाम टर्किये राखिएको छ ।

संयुक्त राष्ट्रका प्रवक्ता स्टिफन दुजारिकले टर्कीका विदेशमन्त्री मेवतुल कावुसोग्लूले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसलाई एक पत्र लेख्दै टर्कीको नाम टर्किये परिवर्तन गर्न अनुरोध गरेको बताए । पत्र प्राप्त हुनेबित्तिकै नाम फेरिएको प्रवक्ता दुजारिककाे भनाइ छ ।

गएको मङ्गलवार टर्कीका विदेशमन्त्रीले संयुक्त राष्ट्र र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई पत्र लेख्ने जानकारी दिनुभएको थियो ।

टर्कीका राष्ट्रपति रेचप तैयप एर्दाेआनले गएको डिसेम्बरमा आफ्ना देशका नागरिकलाई अन्तर्राष्ट्रियस्तरमा हरेक भाषामा टर्किये नाम प्रयोग गर्न भनेकाे थियाे। त्यसबेला एर्दाेआनले टर्कियेलाई सबै देशले मान्दछ भनेकाे थियाे। उनले टर्कीयेले टर्कीका नागरिककाे संस्कृति, सभ्यता र मान्यतालाई राम्राेसँग प्रतिनिधित्व गर्ने बताएकाे थियाे ।

यसका साथै एर्दाेआनले आफ्नो देशका कम्पनीबाट निर्यात हुने वस्तुमा पनि ‘मेड इन टर्किये’ लेख्न भनेकाे थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here