जेठ १९,काठमाडौं ।
नेपाल आयल निगमले डिजेल, पेट्राेल र मट्टीतेलकाे मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।
निगमका सहायक प्रवक्ता पुष्कार कार्कीले आज राति १२ बजेबाट लागु हुनेगरी डिजेल, पेट्राेल र मट्टीतेलकाे मूल्य घटाइएको जानकारी दिए ।
अब डिजेल/मट्टीतेललाई प्रतिलिटर १५३ रुपैयाँ र पेट्राेललाई १७० रुपैयाँ पर्ने छ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएकाे पूर्वाधार कर घटाएर मूल्य घटाउने निर्णय गरेकाे थियाे । साेही निर्णयअनुसार मूल्य घटेकाे हाे ।
भारतबाट आएकाे पेट्रोलियम पदार्थकाे नयाँ मूल्यसूचीमा भने पेट्राेल र मट्टीतेलकाे मूल्य बढेर आउँदा डिजेलकाे भने घटेर आएकाे थियाे ।