तुलसीपुरकाे मेयर र उपमेयर दुवै पदमा एमाले विजयी

जेठ ११, दाङ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।

बुधबार दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका टिकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी विजयी भएका हुन् ।

खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गेहेन्द्र गिरीलाई हराएका हुन्। खड्काले ३१४०८ मत ल्याउँदा गिरिले २७७१६ मत पाए।

यस्तै, उपप्रमुखमा चौधरीले गठबन्धनबाट एकिकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गरिन् । चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here