नेपाली क्रिकेट खेलाडीको तलब बढ्यो

जेठ ११, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ ।

क्यानको मंगलबार बसेको बोर्ड बैठकले पुरुष खेलाडीको सबै ग्रेडमा समान १० हजारका दरले बढाउने र महिलातर्फ ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाउने निर्णय गरेको हो ।

पुरुषतर्फ यसअघि ए ग्रेडका खेलाडीले ५० हजार, बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका पुरुष खेलाडीले ३० हजार पाउँदै आएका थिए । अब बढेको तलब अनुसार पुरुष तर्फ ए ग्रेडका खेलाडीले ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, महिलातर्फ यसअघि सी ग्रेडका महिला खेलाडीले १० हजार, बी ग्रेडका खेलाडील १२ हजार तथा ए ग्रेडमा रहने खेलाडीले यसअघि १५ हजार पाउँदै आएका थिए । नयाँ पारिश्रमिकअनुसार ए ग्रेडका खेलाडीले मासिक २१ हजार, बी र सी ग्रेडका खेलाडीले क्रमस: १८ र १५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।

साथै क्यानले मैदानका सम्पूर्ण कर्माचारीहरुको तलब ३ हजारका दरले बढाएको छ भने मैदान कार्यलय सहयोगीको मासिक ५ हजार र टियु पिच क्विरेटरको तलब मासिक ६ हजारको दरले बृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here