पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

जेठ ११, काठमाडौं ।

काठमाडौं पोखरा महानगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्ण थापालाई पाखा लगाउँदै महानगर प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार आचार्य निर्वाचित भएका हुन् । । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत पाए । उनीहरुबीचको मतान्तर ६ हजार ४५ मत रह्यो ।

गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर थापा पोखराको प्रमुखमा लड्न पुगेका थिए। तर, उनले गतवर्ष आफ्नै पार्टीबाट फुटेर बनेको एकीकृत समाजवादीका आचार्यसँग हार व्यहोरे।

उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी ६० हजार ५४६ मतसहित निर्वाचित भएकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरिन् ।

वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखरा महानगरमा २ लाख ७ हजार मतदता रहेकोमा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here