युवकको हत्यामा संलग्न रही फरार रहेका तीन जना अभियुक्त पक्राउ

जेठ १०,पर्सा।

पर्साको ठोरी गाउँपालिका– ५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रही फरार रहेका ३ जना अभियुक्तहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका– ५ ठूलो बाघमोर्चा ठेगाना भएका २२ वर्षीय सरोज स्याङ्वो, पर्सा वीरगंज महानगरपालिका– ३२ रामबन ठेगाना भएका २० वर्षीय किशन लोप्चन र १७ वर्षीय किशोर रहेका छन्।

सोही गाउँपालिका– ५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएकोमा वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो। घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौँ महानगरपालिका– ३ महाराजगंजबाट पक्राउ गरेको हो।

उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here