सिरहाको गोलबजारमा एमाले विजयी

जेठ १०, लहान ।

सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका हुन् ।

श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त गरे । उपप्रमुखमा निर्वाचित साहले सात हजार ७०३ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले पाँच हजार ६४३ मत प्राप्त गरिन् ।

कूल १३ वडा रहेको गोलबजारको छ वडामा एमाले, तीन वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई–दुई वडामा विजयी भएका छन् । यससँगै सिरहाको १७ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here