काठमाडौं – काठमाडौं महानगरपालिकाबाट प्राप्त पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह ६३३ मतका साथ अग्रस्थानमा छन्।
१९८० मत गणना हुँदा बालेनले सबै प्रतिष्पर्धीलाई उछिन्दै ६३३ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका केशव स्थापितले ४७४ मत प्राप्त गरेका छन् भने गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३५ मत पाएकी छन् ।