काठमाडौं – महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता बढाएका छन्।
१ हजार १८० मतको गणना हुँदा बालेनले ४०२ मत ल्याएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गरेका छन्। स्थापित ८३ मतले पछाडि परेका छन्। त्यसैगरी कांग्रेस उम्मेदवार सिर्जना सिंहले २०२ मत प्राप्त गरेकी छन्।
उता उपमेयरतर्फ एमालेकी सुनिता ढंगोलले फराकिलो अग्रता लिएकी छन्। उनले ५०२ मत ल्याएकी छिन्। गठबन्धनका उमपेयर उम्मेदवारले ११० मतमात्रै प्राप्त गरेका छन्।