माओवादी केन्द्रले पालिका अध्यक्षमा खोल्यो खाता

वैशाख ३१, काठमाडौं

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा माओवादीबाट नारासिंङ रोकाय र उपाध्यक्षमा अमृता लामा विजयी भएका हुन् । रोकाय ७७० मत ल्याएर विजयी भएका छन् । एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए।

उपाध्यक्षमा बोहराले ७५९ मत ल्याइन् भने एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याएकी थिइन्। यहाँ कांग्रेस, एमाले र समाजवादीले चुनावी तालमेल गरेका थिए।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here