महोत्तरीको बल्वा नगरपालिकामा झडप भएपछि हवाई फायर

वैशाख ३०, महोत्तरी

महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ । मतदाता नामावलीका सम्बन्धमा विवाद हुँदा झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले बताए। विवादले केहीबेर रोकिएको मतदान पुनः सुरु भएको एसपी पंगेनीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here