एमसीसीबारे संसदमा छलफल प्रारम्भ हुँदै

१२ फागुन, काठमाडौं ।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा बिहीबार छलफल प्रारम्भ हुने भएको छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा छलफल हुनेछ ।

बैठकमा एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।

यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने कार्यसूची राखिएकाे छ।

संसद् सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here