न्याय, कानुन र सरकारी वकिल समूहका कर्मचारीको बढुवा सिफारिस गर्ने निर्णय

१४ माघ, काठमाडौं
न्याय सेवा आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका कर्मचारीको बढुवा सिफारिस गर्ने निर्णय गरेको छ।

आयोगका अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले शुक्रबार डाकेको बैठकले यस्तो निर्णय गरेको हो। जिल्ला न्यायाधीशको नतिजा प्रकाशन गर्ने एजेण्डा भए पनि सहमति नभएपछि रोकिएको छ।

बैठकले उपसचिव वा सो सरहका कर्मचारीको नियुक्ती र पदस्थापनको पनि निर्णय गरेको छ। बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै निरन्तर आन्दोलनमा रहेका बेला आयोगको बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here