१४ माघ, काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् ।
आज थप १० जना संक्रमितको ज्यान गएको छ भने ५ हजार ४३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार चाैबिस घण्टामा १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ गरी उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ । यस्तैगरी, कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६९७ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ८ लाख ४२ हजार ४३६ जना निको भइसकेका स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका अनुसार हाल देशभर ८९ हजार ९४१ सक्रिय संक्रमित छन् । तीमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । गम्भिर अवस्थाका २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।