अध्यागमनका ९ कर्मचारीलाई गृहले फिर्ता बोलायो

१४ माघ, काठमाडौं
गृह मन्त्रालयले अध्यागमन कार्यालयका ९ जना कर्मचारीलाई फिर्ता बोलाएको छ।

भिजिट भिसामा मलेसिया तथा खाडीका देशहरू जान यात्रुलाई सहयोग गरेको आशंकामा अध्यागमनका कर्मचारीलाई फिर्ता बोलाएको गृह मन्त्रालय स्रोतले जनाएको छ। गृह मन्त्रालयले बिहीबारको पत्रबाट ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई विमानस्थल अध्यागमन कार्यालयबाट हटाएको हो।

स्रोतका अनुसार अध्यागमन कार्यालयबाट पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दीपक कुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यमबहादुर भट्टराई छन्।

“केही साथीहरूलाई मन्त्रालय बोलाइएको हो गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, कर्मचारी हेरफेर हाम्रो नियमित प्रक्रिया हो। ”

गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलक अलपत्र परिरहेका छन्। सो स्थितिको विश्लेषण गरी ठोस योजना पेश गर्नका लागि भन्दै प्रवक्ता पोखरेलको अध्यक्षतामा समिति गठन गरिएको छ।

यसैवीच, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीलाई कार्यालय समयमा मोवाइल चलाउन रोक लगाइएको छ । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको हो ।

अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न कार्यालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here