कोरोना संक्रमणका कारण थप १५ जनाको ज्यान गयो

१३ माघ, काठमाडौं
नेपालमा गत २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ८ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

थप १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।

चाैबिस घण्टामा थप ५ हजार २ सय ९२ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ८ लाख ३७ हजार ०४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ रहेको छ । तिमध्ये ८८ हजार ६ सय ४२ जना होम आइसोलेसनमा छन् भने १ हजार ९ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ। गम्भिर अवस्थाका २ सय ५७ जनाको आइसियु र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here