१३ माघ, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरुमा कोरोना संक्रमण भएको छ ।
मन्त्रालयका सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा.संगिता कौशल मिश्रा, आपतकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुखसमेत रहेका एवं मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीलाई कोरोना संक्रमण भएको हो ।
केही दिनअघि स्वास्थ्यमन्त्री विरोध खतिवडासँग प्रदेश अनुगमनमा गएकी प्रवक्ता मिश्रा संक्रमित भएकी हुन् । सह-प्रवक्ता अधिकारी पनि मंगलबारदेखी संक्रमित भएर होम आइसोलेसनमा बसेका छन्।
कोरोनाको पहिलो र दोस्रो लहरमा मन्त्रालयका अधिकारीहरु कम संक्रमित भएकोमा तेस्रो लहरमा मन्त्रालय भित्रका धेरै कर्मचारीहरु संक्रमित भएका बताइएको छ।
तेस्रो लहर सुरु भएपछि संक्रमित भएका कतिपय निको भइसकेका छन् भने कतिपय हाल संक्रमित भएर आइसोलेशनमा रहेका छन।