१२ माघ, काठमाडौ
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।
सतर्कताका बाबजुद फेरि आफू कोरोना संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटरमा जानकारी दिएका छन्।
सतर्कताका बाबजुद मलाई COVID-19 ले पुन: संक्रमण गरेको छ। PCR रिपोर्ट +veआएको छ! ळक्षण सामान्य छ। केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाकानिम्ति क्षमाप्रार्थी छु।
— Baburam Bhattarai (@brb1954) January 26, 2022
सामान्य लक्ष्यण भएकाले केही दिन आइसोलेसनमा बसेको बताउँदै सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गरेका छन्।