कोरोना अपडेट : १२ हजार बढी संक्रमित थपिए, ३ हजारजना संक्रमणमुक्त, ८ जनाको मृत्यु

११ माघ, काठमाडौं
नेपालमा मंगलबार १२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा २५ हजार ९ सय ९ जनाको परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ । नयाँ संक्रमितमध्ये उपत्यकामा मात्र ६ हजार १७२ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा ४ हजार ८७५ जना, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ गरि उपत्यकामा ६ हजार १७२ जना संक्रमित भेटिएका हुन्।

आज ३ हजार ४० जना संक्रमति निको हुँदा ८ जनाको मृत्यु भएको छ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको छ। तिमध्ये ८७ हजार १ सय १७ जना होम आइसोलेसनमा छन् भने १ हजार ८ सय १७ जना संस्थागत आइसोलेसनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गम्भिर अवस्थाका २ सय ४५ जना आइसियु र ४४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here