बाँकेमा बाघको आक्रमणबाट फेरी एक महिलाको मृत्यु

२४ पुष, काठमाडौं
बाँकेमा बाघको आक्रमणबाट फेरी एक महिलाकाे मृत्यु भएको छ ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि गत बिहीबार वडा नम्बर ४ की ५२ वर्षीया लीला विष्टको पनि बाघको आक्रमणबाट नै मृत्यु भएको थियो।

थारुलाई माघी पर्वका लागि टपरी बनाउन सालको पात टिप्न शनिबार बिहान जंगल गएको बेला बाघले आक्रमण गरेको हो । उनीसँगै पात टिप्‍न गएका महिलाहरू बाघलाई देखेपछि भागेका थिए।

उनीहरूको उद्धारका लागि १२ जनाको प्रहरी टोली परिचालन गरि खोजी गर्ने क्रममा थारुको शव फेला परेको प्रहरीले जनाएको छ। अन्य सबै महिला सकुशल रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here