खनाल भेट्न पाण्डे र आचार्य दिल्ली पुगे

३१ साउन, काठमाडौं ।

भारतमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा एमालेका दुई नेता नयाँदिल्ली गएका छन् ।

सचिव भीम आचार्य र नेता सुरेन्द्र पाण्डे शनिबार दिल्ली गएका हुन् । खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा हालै मात्र मिर्गौला प्रत्यारापेण गरिएको थियो ।

उनी अझै केही समय स्वेदश नआउने भएकाले भेट्न नेताहरु गएको बताइएको छ ।

नेकपा एमालेमा एकताका लागि अन्तिम प्रयास भइरहँदा नेपाल समूहका नेताहरु खनाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here