लक्षित वर्ग तथा द्वन्द्वपीडितलाई नगर बस र एम्बुलेन्स सेवा निःशुल्क

३० साउन, काठमाडौं

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्षित वर्ग तथा द्वन्द्वपीडितलाई नगर बस र एम्बुलेन्स सेवा निःशुल्क दिने भएको छ ।

चालु आर्थिक वर्षको २०७८/७९ को नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम साउन महिनाबाटै नगरपालिकाले बस भाडा र एम्बुलेन्स भाडा नलिने तयारी गरेको हो । विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले अहिले ३ वटा नगर बस सञ्चालन गरिरहेको छ भने २ वटा एम्बुलेन्स नगर मातहत छन् । सेवामा सहजता ल्याउन थप दुई नगर बस खरिदको तयारी गरिएको नगरप्रमुख विशाल शर्माले बताए ।

उनका अनुसार गर्भवती र सुत्केरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते, अपांग, सहिद परिवार र सहिद परिवारका सदस्यहरूले यो सेवा निःशुल्क पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here