३० साउन, काठमाडौं
सल्यानमा अस्पतालको आइसोलेशन सेन्टरमा बसेकी कोरोना संक्रमित महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छिन् ।
रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–६ की २१ वर्षीया कोरोना संक्रमित सुजाता ओलीले स्वस्थ शिशु जन्माएको सल्यान जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिए ।
सुजाता साउन २४ गते रुकुम पश्चिम जिल्ला अस्पतालमा जाँच गराउँदा कोरोना पोजेटिभ देखिएपछि २७ गते सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा बसेकी छिन् । अहिले आमा र शिशुको अवस्था सामान्य रहेको र दुवैलाई होम आइसोलेसनमा पठाइएको छ ।