३० साउन, काठमाडौं
चितवन प्रहरीले नियन्त्रित लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–३ बस्ने २८ वर्षीय राजेन्द्र बिक रहेका छन् ।
उनलाई लागूऔषध डाईजेपाम २५ एम्पुल, नुफिन २५ एम्पुल, र सिरिज्याक २५ एम्पुल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे।
उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिए प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।