मकवानपुरगढीको ज्यामिरे खोलामा पुल उद्घाटन

३० साउन, काठमाडौं
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ ज्यामिरेखोला वारपार गर्नका लागि निर्माण गरिएको पक्की पुलको उद्घाटन् गरिएको छ ।

गाउँपालिका, संघीय सरकार र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको पुलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार शुभारम्भ गरेका हुन् । पुल उद्घाटन गरेपछि मुख्यमन्त्री पौडेलले हालसम्म प्रदेश सरकारले ६२ वटा पुल निर्माणको काम गरिसकेको जानकारी गराए ।

संघिय सरकारबाट ८९ लाख ६४ हजार, प्रदेश सरकारबाट ३० लाख अनुदान र गाउँपालिकाको आन्तरीक श्रोतबाट २ करोड १८ हजार गरी कुल ३ करोड १९ लाख ८२ हजार रुपैँया लागतमा पुल निर्माण भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुँमागाईले बताए । पुलको लम्बाई २६.६५ मिटर र चौडाइ ७.२० मिटर रहेको छ ।

पुल सञ्चालनमा आएपछि मकवापनुरगढी गाउँपालिकाका वडा नं. ५ र ६ का बासिन्दा लाभान्वित भएका छन् । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले ज्यामिरे खोलामा वारपार गर्नुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here