कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर दाेस्राे साता

३० साउन, काठमाडौं
नेपाली कांग्रेसकाे केन्द्रीय महाधिवेशन सारिएकाे छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले नयाँ मिती ताेक्दै  मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ।

यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले महाधिवेशनको नयाँ मिति तीन महिना पछिलाई सारेको हो ।

आजको निर्णयअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय भदौ २ गतेसम्म तोकिएको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कार्यतालिका छ ।

वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here