पाल्पामा स्याललाई हानेको गोली लागेर एकजनाको मृत्यु

३० साउन, काठमाडौं
पाल्पामा स्याल भगाउन प्रयोग गरिएको भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरी रहेको छन् । उनको आफ्नै बुबा ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार कर्णबहादुरले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा आएको स्याललाई भरुवा बन्दुकले हान्ने क्रममा अचानक छोरा धनबहादुरको टाउकोमा गोली लागेको थियो । कर्णबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here