एकताको सबै ढोका बन्द भए पार्टी पुर्नगठनको जिम्मेवारीबाट पछि हट्न सकिदैन : माधव नेपाल

३० साउन, काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको लागि अझै प्रयास गर्ने बताएका छन् ।

शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा नेता नेपालले पार्टी एकताका लागि अन्तिम पर्खाईमा रहेको बताएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले एकताको सबै ढोका बन्द गरे पार्टी पुर्नगठन गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने उनको अडान छ । ‘पार्टी एकताका लागि अझै पनि कोसिस गरिरहेका छौँ । एकता हाम्रो चाहना हो, इच्छा हो । तर सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न सकिँदैन, उनले भने–तर त्यो अन्तिम उपायमात्रै हुनेछ ।’

निर्णय प्रकृया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति अनुसार एकताका लागि तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here