वरिष्ठ धानबाली विशेषज्ञ बस्नेतको निधन

३० साउन, काठमाडौं
वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको निधन भएको छ । बस्नेतको शनिबार ७१ बर्षको उमेरमा निधन भएको   हो । उनको कोभिड–१९ संक्रमणका कारण निधन भएको बताइएको छ ।

उनले लामो समयसम्म नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा गरेका थिए । बस्नेत सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए ।

नेपालमा हिउँदे धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here