आफ्ना नागरिककाे उद्दार गर्न अमेरिकी सैन्य टोली काबुल पुग्यो

३० साउन, एजेन्सी
अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान पुगेको छ ।

तालिवान लडाकुले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि त्यहाँ रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न सैन्य टोली राजधानी काबुल पुगेको अन्तराष्ट्रीय संचारमाध्यमहरुले जनाएका छन् ।  उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन् ।

अफगानिस्तानमा संघर्षरत तालिवान लडाकुको समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको नियन्त्रणमा रहेको दाबी गरेको छ । देशभरी रहेका ३४ प्रान्तमध्ये १८ प्रान्तका राजधानी आफे्नो नियन्त्रणमा रहेको उनीहरुले घोषणा गरेका छन् ।

अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबान लडाकुले राजधानी नै नियन्त्रणमा लिने अभियान सुरु गरेका थिए । विदेशी सैनिक फिर्ता भएको दुई हप्ता मात्रै भएको छ भने लडाकुले एक हप्तादेखि प्रान्तीय राजधानी नियन्त्रणमा लिने अभियान चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here