लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आह्वान

३० साउन, काठमाडौं
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेका छन् । अधिवेशन भदौ १ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले सूचना जारी गरी उल्लेख गरेका छन् ।

साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही अनुसार केसीले विश्वासको मत लिने तयारी गरेका छन् ।

शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन माग गरेका थिए । तर अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै पोखरेलले राजीनामा दिएका थिए ।

हाल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता केसी मुख्यमन्त्री छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here