गण्डकी प्रदेशमा एमालेको छाया सरकार, ११ मन्त्रालयकाे गतिबिधि निगरानी गर्न नाै समिती

३० साउन, काठमाडौं
गण्डकी प्रदेशमा नेकपा एमालेले छाया सरकार बनाएको छ । एमाले संसदीय दल बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको छ ।

नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठित सरकारले ११ वटा मन्त्रालय बनाएको छ । एमालेले बनाएको ९ समितिले ११ वटा मन्त्रालयमा हुने गतिविधि निगरानी गर्ने एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।

उनका अनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्व मन्त्री रामशरण बस्नेतलाई संयोजक बनाइएको छ । त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजक पूर्व मन्त्री विकास लम्साल, सामाजिक विकास मन्त्रालयको संयोजकमा नरदेवी पुन मगर, कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजक चन्द्र मोहन गौचनलाई तोकिएको छ ।

यस्तैगरी अर्थ मन्त्रालयको निगरानी गर्न इन्द्रलाल सापकोटा, भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि मित्रकुमारी गुरुङ, ऊर्जा, खानेपानी मन्त्रालयमा मीनप्रसाद गुरुङ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् समूहको संयोजकमा मोहन प्रसाद रेग्मी चयन भएका छन् ।

स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुद मन्त्रालयको निगरानकिा लागि राजीव पहारीलाई संयोजक बनाइएको छ । गण्डकीमा एमालेले साढे तीन वर्ष सरकारको नेतृत्व गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here