दुई हजार ६ सय बढी कोरोना संक्रमित थपिए, २०जनाको मृत्यु

३० साउन, काठमाडौं
नेपालमा आज २ हजार ६ सय बढी कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ५७३ वटा नमूना परीक्षण गर्दा २ हजार ६२४ जना नयाँ संक्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ । ८ हजार ६६७ जनामा पिसीआर परीक्षण गरिएकोमा १ हजार ९४७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तैगरी ४ हजार ९०६ जनामा एन्टीजेन परीक्षण गरिएको थियो । तिमध्ये ६७७ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । आज थप १ हजार ३२० जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २० जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण देशभर हालसम्म १० हजार २५९ जनाको ज्यान गइसकेको छ ।

नेपालमा अहिले ३९ हजार ४०५ जना सक्रिय संक्रमित छन् । तिमध्ये गम्भिर अवस्थाका ७६० जना सघन उपचार कक्ष अर्थात आइसीयूमा र १८६ जना भेन्टिलेटरमा उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here