सानिमा लाईफ इन्स्योरेन्सको आइपीयो बाँडफाँड, पाँच लाख ४० हजार आवेदकले सेयर पाउँदा साढे १७ लाखको हात खाली

३० साउन, काठमाडौं
सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ शनिबार बाँडफाँट गरिएको छ । गोलाप्रथामार्फत ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

१७ लाख ६८ हजार १२२ जनाको हात भने खाली भएको छ । कुल २४ लाख १९ हजार ८४८ जनाले सानिमा लाइफको आइपीयो भरेका थिए । तिमध्ये योग्य ठहरिएका २३ लाख ८ हजार १२२ वटा आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

दोहोरो आवेदन दिएका ५ हजार ४३४ जनाको रद्ध गरिएको थियो भने १ लाख ६ हजार २९२ जनाको आवेदन अन्य कारण रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ । सानिमा लाइफले साउन २० गतेदेखि २४ गतेसम्म कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले कर्मचारी र म्यूचल फन्डलाई पाँच-पाँच प्रतिशत अर्थात ३ लाख कित्ताका दरले सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here