लामो अन्तरालपछि खोपको दोस्रो मात्रा लगाउँदा काम गर्छ ?

३० साउन, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिसिल्ड वा एस्ट्राजेनिका एकै प्रकृतिका खोप भएकोले कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरूले ढुक्क भएर एस्ट्राजेनिका खोप लगाउन अनुरोध गरेको छ ।

पाँच महिनाको अन्तरालपछि दिएको कोभिशिल्डरएस्ट्राजेनिका खोपको दोस्रो मात्राले काम गर्छ की गर्दैन ? भन्ने प्रश्नमा मन्त्रालयले काम गर्ने प्रष्ट पारेको हो ।

कोभिसिल्ड या एस्ट्राजेनिका खोप लगाउंदा दुई मात्राबीचको अन्तराल २ देखि ३ महिना हुन्छ भनिएतापनि खोपको अभावले कोभिशिल्डको पहिलो मात्रा लगाएको पाँच महिनापछि अहिले दोस्रो मात्रा दिन थालिएको छ । यस्तो अवस्थामा लामो अन्तरालमा र अर्को खोप लगाउंदा काम गर्छ की गर्दैन भन्ने प्रश्न उठेपछि मन्त्रालयले त्यसको जवाफ दिएर खोप लगाउने अभियानमा सहभागी हुन प्रेरित गरेको हो ।

‘यसबीचमा भएका अध्ययनहरुले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखाएका छन् । त्यसैले यो लामो अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि खोपले काम गर्छ’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयले आफ्नो पालो आएपछि खोप लगाएर सुरक्षित रहन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here