विद्यालयमा सेनेटरी प्याड मेसिन जडान

३० साउन, काठमाडौं
बझाङको छविसपाथिभेरा गाउँपालिका–५ थलारास्थित थलारा माध्यमिक विद्यालयमा शिक्षिका र छात्राहरुका लागि विद्यालयमा सेनेटरी प्याड मेसिन जडान गरिएको छ ।

छविसपाथिभेरा गाउँपालिका, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको लगानीमा थलारा माविमासेनेटरी प्याड मेसिन जडान गरिएको हो ।

महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरूलाई सजिलो होस् भनी जडान गरिएको मेसिनमा स्मार्ट कार्ड राखेपछि सेनेटरी प्याड उपलब्ध हुने प्रविधि राखिएको बताइएको छ ।

विद्यालयका प्रधानाध्यापक हिक्मत जाग्रीले मेसिन जडान गरिएपछि महिनावारी भएको बेला छात्राहरूले कक्षा छाड्नुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे ।

यसअघि छविसपाथिभेरा गाउँपालिकाका बान्निचौर मावि, शान्ति मावि र जनप्रिय मावि बगडगाउँमा पनि सेनेटरी प्याड मेसिन जडान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here