विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना

३० साउन, मकवानपुर ।

जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको विषयमा हेटौँडामा शुक्रबार अद्यावधिक कार्यशाला गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित विपद्को जोखिम र त्यसको न्यूनीकरणको विषयमा कार्यशालामा छलफल भएको थियो ।

विपद् आउनुअघि त्यसको रोकथाम र नियन्त्रणको लागि समितिले स्थानीय तह, राजनीतिक दल तथा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको हो ।

कार्यक्रममा उपस्थितले जथाभावीरुपमा हुने नदीजन्य उत्खननले विपद्को जोखिम बढाइरहेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्लाको विभिन्न स्थानीय तहको प्रमुख÷उपप्रमुख, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here