बागलुङमा गेस्ट हाउस सञ्चालक मृत भेटिए

२९ साउन, काठमाडौं
पर्वतको सदरमुकाम कुश्मामा गेस्ट हाउस सञ्चालन गर्दै आएका एक व्यवसायी मृत भेटिएका छन् ।

कुश्मा बजार स्थित दुर्लुङचोकमा रहेको मुस्ताङ गेस्ट हाउस सञ्चालन गर्दै आएका गजेन्द्र तुलाचन बिहिबारदेखि वेपत्ता भएका थिए । उनको शव बागलुङको बागलुङ नगरपालिका–१० स्थित दबल्याङमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको बागलुङ प्रहरीले जनाएको छ ।

हिजो बिहान मर्निङ वाकका लागि निस्किएका उनी अबेरसम्म पनि नफर्किएपछि खोजी कार्य सुरु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here