पाँच दिनदेखि सम्पर्कविहिन दुईजना मृत भेटिए

२९ साउन, काठमाडौं
जाजरकोट पाँच दिनदेखि सम्पर्कविहिन भएका दुईजना मृत भेटिएका छन् ।

कुशे गाउँपालिका– ५ दम्दालाका ४८ वर्षीय जीतबहादुर थापा र सोही ठाउँका ५६ वर्षीय साइमल कामी शुक्रबार दिउँसो मृत भेटिएको प्रहरीले जनाएको छ ।

घरबाट धान गोड्न भनि निस्किएका उनीहरु पाँच दिनदेखि वेपत्ता भएका थिए । स्थानीयले खोजी गर्दा उनीहरु खोला किनारका मृत भेटिएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here