मोरङको टंकिसिनुवारीबाट विद्युत कंक्रिट पोल उत्पादन सुरु

२९ साउन, काठमाडौं
नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुवारीबाट विद्युतका कंक्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कंक्रिट पोलको परीक्षण उत्पादन सुरु गरेको हो ।

प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरु उत्पादन हुने छन् । १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५ सय ८० थान रहेको छ । इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले शुक्रबार परीक्षण उत्पादनको निरीक्षण समेत गरेका छन् ।

उनले नियमित रुपमा पूर्ण क्षमतामा पोल उत्पादन सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिएका छन् । आयोजना प्रमुख परमार धीरसेनले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्ण क्षमतामा चल्ने जानकारी दिए । प्लान्टबाट उत्पादित पोलहरु मुख्य रुपमा प्रदेश नं १ र र २ का जिल्लाहरुमा आपूर्ति गरिने छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here