२९ साउन, काठमाडौं
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन् ।
उनका अनुसार प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम (३) बमोजिम सांसदहरुलाई अधिवेशन अन्त्यबारे सूचनामार्फत जानकारी गराइएको छ ।