२९ साउन, सर्लाही
नीरज यादव
सर्लाहीको नवलपुरमा टिपरको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएपछि अवरुद्ध पूर्व पश्चिम राजमार्ग पौने पाँच घण्टापछि खुलेको छ ।
शुक्रबार दिउँसो साँढे २ बजे पूर्वबाट पश्चिमतर्फ गईरहेको ना. ७ ख ८२९३ नम्बरको टिपरले ठक्कर दिंदा लालबन्दी नगरपालिका–२ निवासी ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि आक्रोसित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर बजार क्षेत्रमा अवरोध गरेका थिए ।
क्षतिपूर्ति र राहतलागाएतका विषयमा छलफल गर्न शनिवार पिडीत पक्ष र टिफर धनिलाई छलफलमा बोलाउने सहमती पछि राजमार्ग खुलेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । प्रहरी निरीक्षक थापाका आनुसार चालकलाई नियन्त्रणमा लिइसकिएकाले आजैबाट अनुसन्धान प्रकृया थालिएको छ ।
भोली शनिवार परेकाले अदालतबाट म्याद थप्न नमिल्ने भएकाले म्यादथपको प्रकृयाको लागि आईतवारमात्र प्रकृया अघि बढ्नेछ ।
महतोको मृत्यु पछि दिउँसो आक्रोशित भिडले टिपरमा तोडफोड एवं आगजनीको प्रयास गरेपछि स्थिती तनावग्रस्त बनेको थियो । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको थियो । भिड अनियन्त्रित भएपछि ४ सेल अश्रुग्याँसनै प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
लालबन्दीका मेयर मानबहादुर खड्का स्थानीय बुद्धिजीवीलगायतको उपस्थितीमा पीडित पक्ष र सहित स्थानीयसँग छलफल गरेर अवरोध हटाउने प्रयास गरिएको हो ।