सरकारलाई सफल बनाउने अभियानमा लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

२९ साउन, काठमाडौं
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रीत हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा प्रचण्डले सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रीत हुन पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष दाहालले निर्देशन दिएका हुन् ।

‘यो चार महिनाको अवधिमा राजनीतिक रुपमा बाम–लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्ति विरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढ्न अध्यक्ष कमरेडले निर्देशन दिनुभएको छ’ पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबारदेखि बस्दैछ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here