गुडीरहेको गाडीबाट हाम फाल्दा ज्यान गयाे

२९ साउन, सर्लाही
भोजपुरमा गुडीरहेको बोलेरोबाट हाम फालेर ओर्लन खोज्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका–२ का २२ वर्षीय युवराज खतिवडा रहेको प्रहरीले जनाएको छ ।

खतिवडा कोसी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–३ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २७४२ नम्बरको बोलेरो गाडीबाट हामफालेका प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here